Birendranagar Municipality

बजेटमा कर्णालीलाई विशेष ध्यान दिन सांसद विशुन्केको आग्रह

सेरोफेरो
बजेटमा कर्णालीलाई विशेष ध्यान दिन सांसद विशुन्केको आग्रह

३१ बैशाख, काठमाडौं । दैलेखकी सांसद पार्वती कुमारी विशुन्के प्रतिनिधिसभामा प्राय: बोलिरहन्छिन् । विशेष गरी कर्णालीका मुद्दा उठाइरहने कान्छी सांसद विशुन्केले चालु अधिवेशनमा बोल्दै बजेटमा कर्णालीलाई विशेष ध्यान दिन आग्रह गरेकी छन् ।

 

सोमबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे आफ्नो भनाई राख्दै विशुन्केले कर्णालीलाई हेर्ने सरकारको दृष्टिकोण जहिले पनि पक्षपातपूर्ण रहेको बताइन् । उनले सामाजिक न्यायसहितको बजेट वितरण गर्न सभासमक्ष माग गरेकी छन् ।

 

‘विषय वस्तु सोलो डोलोमा आएको छ । खास पछाडी परेको क्षेत्र समूदायलाई विशिष्टीकरण गरि जानुको विकल्प छैन । यसका लागि सरकारले कर्णालीलाई विशेष ध्यान देओस’, उनले भनिन्, ‘कर्णालीमा पनि मानव समाज छ कर्णालीका नागकिरको पसिना पनि राज्यको ढुकुटीमा छ भन्ने कुरा राज्यले नभुलोस् ।’

 

सांसद विशुन्केले कर्णालीमा रहेको बेरोजगारी, गरिबी, अशिक्षा र जातीय विभेद उन्मूलन गर्ने नीति ल्याउन पनि माग गरिन । कर्णालीको पानी उपयोग गर्ने, पर्यटन प्रवृद्धन गर्ने, कृषिमा आधुनिकिकरण गर्ने, खानी सञ्चालन गर्ने, जडिवुटी प्रशोधन गर्ने काम राज्यको भएको र कर्णालीमा पाइने रैथाने सिपको संरक्षण गरि उद्योग सञ्चालन र बजारीकरणको जिम्मा राज्यले लिनुपर्ने उनको माग छ ।


उनले कर्णालीका महिलालाई शिक्षा र उर्जामा जोडेर लैजान पनि सरकारसंग आग्रह गरिन् ।


यसैगरी मंगलबार संसदको शून्य समयमा बोल्दै सांसद विशुन्केले नेपाल भारतबीच देखिएको लिम्पियाधुरा सीमा विवाद कुटनीतिक माध्यमबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

२०७७ बैशाख ३१ बुधबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्