१ जेठ । नेपालमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार बिहीवार थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोराना सङ्क्रमितको संख्या २ सय ५० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य कार्यालय टेकुमा गरिएको परीक्षणमा सर्लाही धनकौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषको जनकपुर र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया महिला तथा महोत्तरी जलेश्वर र बलवा नगपालिकाका १६ र ३५ वर्षका पुरुषमा सङ्क्रमण पुुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्