Birendranagar Municipality

वीरेन्द्रनगर नगरपालिका द्वारा १७७ जनाको कोरोना परिक्षणको लागी नमुना संकलन

सेरोफेरो सुर्खेत
वीरेन्द्रनगर नगरपालिका द्वारा १७७ जनाको कोरोना परिक्षणको लागी नमुना संकलन

१ जेठ । वीरेन्द्रनगर नगरपालिकाले समुदायसंग प्रत्यक्ष जोडियर काम गर्नेहरुको कोरोना परिक्षणको लागी नमुना संकलन गरेको छ ।

 

बिहिवार नगरपालिकाको कार्यालयमा १७७ जनाको नमुना संकलन गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, पत्रकार, उद्योग बाणिज्य संघका पदाधिकारी र सुर्खेत उपत्यका खानेपानी कार्यालयका पदाधिकारीको स्वाव संकलन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो ।


संकलित नतिजाको रिपोर्ट पश्चात अवस्था विश्लेषण गरि जोखिम देखिएका स्थानमा समेत नमुना संकलन र परिक्षण कार्य गरिने कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।

 

बुधवार मात्र कर्णाली प्रदेश सरकारले ४३ जना पत्रकारहरुको कोरोना परिक्षणको लागी नमुना संकलन गरेको थियो ।

 

२०७७ जेठ १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्