Birendranagar Municipality

थप ९ जनामा कोराना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

सेरोफेरो
थप ९ जनामा कोराना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५८ पुग्यो

२ जेठ । नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससंगै नेपालमा जम्मा संक्रमितको संख्या २५८ पुगेको छ ।


राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँके नैनापुर वडा नम्बर १, ३ र ५ का २५ वर्षका दुई जना तथा १८, २०, २२, २७ , ३२ र ३६ वर्षका पुरुष र मकवानपुरका ३७ वर्षका पुरुष गरी थप नौ जनामा कोरोना पुष्टि भएको हो ।

 

सबै संक्रमितको अवस्था सामान्य रहेको सह प्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ ।

Jeth 2

२०७७ जेठ २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्