Birendranagar Municipality

नीति तथा कार्यक्रम: लिम्पियाधुरा र लिपुलेकसहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने (पूर्णपाठ)

सेरोफेरो
नीति तथा कार्यक्रम: लिम्पियाधुरा र लिपुलेकसहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने (पूर्णपाठ)

३ जेठ । सरकारले शुक्रवार आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदमा नीति तथा कार्यक्रम घोषणा गर्नुहुँदै लिम्पियाधुरा र लिपुलेकसहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने जानकारी दिनुभयो । सीमामा आवश्यक पूर्वाधार र जनशक्तिसहित ‘बोर्डर अब्जरभेसन पोष्ट’ (बिओपी) बनाइने उल्लेख गर्नुभयो ।


लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भएकाले त्यसलाई पुनःप्राप्त गरिने र छुटेको भूमि समावेश गरेर नेपालको नक्सा बनाइने राष्ट्रपति भण्डारीले भन्नुभयो । ऐतिहासिक सन्धि, नक्सा, तथ्य र कुटनीतिक माध्यमबाट भारतसँग भएको सीमा विवाद समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

अध्यागमनलाई अध्याधुनिक र प्रविधिमैत्री बनाइने, प्रदेशसँगको समन्वयमा कारागारको भौतिक पूर्वाधार विकास गरेर व्यवस्थापन गरिने र कैदीको श्रम र सीपलाई उत्पादनमूलक काममा लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापनाको लागि अध्ययन थालिने उहाँले भन्नुभयो ।

 

नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कोरोना भाइरसको महामारीका बीच शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधारको विकास र उपचार सेवा प्रभावकारी बनाउने विषय उल्लेख गरिएको छ ।

 

सरकारले प्रदेशस्तरमा ५ सय शय्याको विशिष्टिकृत केन्द्रीय अस्पताल विकास गर्ने घोषणा गरेको छ । प्रदेश १ को कोशी, प्रदेश २ को नारायणी, बागमती प्रदेशको भरतपुर, गण्डकीको पोखरा, प्रदेश ५ को भेरी अस्पताल, कर्णालीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुदूरपश्चिमको डडेल्धुरा अस्पताल ५ सय शश्याको बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्नुहोस् :

तस्विर : संघिय संसद सचिवालय

२०७७ जेठ ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्