Birendranagar Municipality

विश्वभर ४३ लाख ४७ हजार धेरैमा कोरोना संक्रमण, २ लाख ९७ हजार बढीको मृत्यु

सेरोफेरो
विश्वभर ४३ लाख ४७ हजार धेरैमा कोरोना संक्रमण, २ लाख ९७ हजार बढीको मृत्यु

३ जेठ । विश्वभर आज सम्म ४३ लाख ४७ हजार ९ सय ३५ जनालाई कोरोना संक्रमण भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल संक्रमित मध्ये २ लाख ९७ हजार २ सय ४१ जनाको मृत्यु भएको छ । चिनको वुहान शहरबाट शुरु भएको कोभिड १९ विश्वका अधिकांस देशहरुमा माहामारीको रुपमा फैलिरहेको छ ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार सवैभन्दा धेरै कोरोनाको संक्रमण अमेरीकामा रहेको छ । अमेरीकामा १३ लाख ६१ हजार ५ सय २२ जनामा संक्रमण फेला परेको छ । यस्तै रसियामा २ लाख ६२ हजार ८ साय ४३ जना, बेलायतमा २ लाख ३३ हजार १ सय ५५ जना संक्रमित भएका छन् ।

 

यसैगरी स्पेनमा २ लाख २९ हजार ५ सय ४०, इटालीमा २ लाख २३ हजार ९६ जना संक्रमित भएको डब्लु.एच.ओले जनाएको छ । ब्राजिलमा १ लाख ८८ हजार ९ साय ७४, जर्मनीमा १ लाख ७३ हजार १ सय ५२, टर्कीमा १ लाख ४४ हजार ७ सय ४९ जना संक्रमित भएका छन् ।


यसैगरी फ्रान्समा १ लाख ३९ हजार १ सय ५२, ईरानमा १ लाख १६ हजार ६ सय ३५, चिनमा ८४ हजार ४ सय ६९ र भारतमा ८१ हजार ९ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको डब्लु.एच.ओले जनाएको छ ।

२०७७ जेठ ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्