Birendranagar Municipality

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु, मृतक बाँकेका २५ वर्षीय पुरुष भएको पुष्टि

सेरोफेरो
नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु, मृतक बाँकेका २५ वर्षीय पुरुष भएको पुष्टि

४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।

 

क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । बाँके नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

 

शनिवार देखि ज्वारो र झाडापखालाबाट ग्रसित युवाको आईतबार विहान ६ः४० बजे मृत्यु भएको मन्त्रलाय जनाएको छ । उनि वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । मृतकको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ।

 

शनिबार मात्र सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको थियो । नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको मन्त्रलायले जनाएको छ । 

यो पनि हेर्नुहोस् :

सुत्केरीको मृत्यु कोरोनाबाट भएको पुष्टि

२०७७ जेठ ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्