४ जेठ । लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समन्वय समितिको सिफारिसको आधारमा लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो ।
नेपालमा कोरोनाको कारण दुई सङ्क्रमितको ज्यान गएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेकोले सङ्क्रमण रोक्न लकडाउनलाई निरन्तरता दिनुपर्ने समितिको सुझाव थियो । आइतबार नै बसेको समितिको बैठकले लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको हो ।
सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि दोस्रो पटक चैत २५ गतेसम्म, तेस्रो पटक थपेर वैशाख ३ गतेसम्म लकडाउन कायम गरेको थियो । चौथो पटक वैशाख १५ सम्म, पाँचौं पटक १० दिन थप गर्दै वैशाख २५ गतेसम्म र पछिलो पटक जेठ ५ गतेसम्म लकडाउन थपिएको थियो । सरकारले सातौं पटक लकडाउन थपेको छ ।
नेपालमा अहिलेसम्म दुई सय ९५ जनामा सङ्क्रमण पुष्टि भएकोमा ३६ जना उपचारपछि निको भएका छन् ।
प्रतिकृया दिनुहोस्