सेरोफेरो
३१ जेठ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन कुनै पनि हालतमा नसर्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा यादवले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएकोले चुनाव हुने वा नहुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् ।
‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगरौं’, यादवले भने– ‘असार १४ गते तोकिएकै मितिमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन सबै यूनिटमा हुन्छ ।’ प्रमुख आयुक्त यादवले निर्वाचनको विपक्षमा कुरा नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।
निर्वाचन विथोलेर वा बहिष्कार गरेर दलहरुले जनताको मताधिकार कुण्ठित नगर्न समेत उनले आग्रह गरे । यादवले भने– ‘सबै राजनीतिक दलहरुले निर्वाचनमा भाग लिनुपर्छ, नागरिकको मताधिकार कुण्ठित गर्ने काम कसैले पनि गर्नुु हुँदैन ।’
दोस्रो चरणको निर्वाचन कार्यतालिका अनुसार असार २ गते उमेदवार मनोनयन दर्ता कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस्