Birendranagar Municipality

नेपालमा कोरोना संक्रमण बढ्दै, संक्रमितको संख्या ३०४ पुग्यो

नेपालमा कोरोना संक्रमण बढ्दै, संक्रमितको संख्या ३०४ पुग्यो

५ जेठ । नेपालमा कोरोना संक्रमण क्रमिक रुपमा बढिरहेको छ । सोमबार संक्रमितको संख्या ३ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । संक्रमितहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको र अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Jesth 5

२०७७ जेठ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्