५ जेठ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनु भयो ।
मन्त्री खतीवडाका अनुसार उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै प्रशासनीक प्रवन्धहरुमा लागू गर्ने गरी अगाडि बढाइने छ ।
नयाँ नक्सामा नेपालको संघीयता अनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । यो नक्सा बमोजिम नै हाम्रा निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा देखाएको थियो । त्यसको सदन, नागरिक स्तरबाट समेत चर्को विरोध भएको थियो । संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न समेत सरकारलाई निर्देशन दिएको थियो ।
जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो । त्यसअनुसार भूमिसुधार मन्त्रालयले प्रस्ताव लगेको थियो ।
नेपालको नयाँ नक्सा :

प्रतिकृया दिनुहोस्