५ जेठ । कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित पुष्टि भएको छ । दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरककुमार अधिकारीले सोमबार राति औपचारिक पुष्टि गर्नुभएको छ ।
शनिवार कर्णाली प्रदेश अस्पतालबाट गएको डाक्टर सहितको टोलिले गरेको नोजल स्वावको परीक्षणपछि ति व्यक्तिमा कोरोना देखिएको थियो । पुनः परीक्षणका लागि आज नेपालगञ्ज पठाइएकोमा त्यहाँ पनि कोरोना पोजेटिभ देखिएपछि प्रदेशभरी संत्रास फैलिएको छ ।
भारतको बनबासामा तीन साता रोकिएर आएका ५३ जना मध्ये हाल दैलेखको लक्ष्मी मावि सात्तला क्वारेन्टाइनमा ३९ जना छन् ।
कञ्चनपुरको गड्डाचौकीले स्वास्थ्य परीक्षण नगरी पठाएका ५३ जना एउटै गाडीमा आएको र ति मध्ये ४ जना बर्दिया झरेका, आठ जना दैलेखको ठाँटीकाँध, एक जना दुल्लू र एक जना चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ओर्लेर सोझै घर गएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्