६ जेठ । मंगलबार उपत्यका सहित देशभर २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार उपत्यकामा पाँच जनासहित २७ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार काठमाण्डौमा तीन जना, ललितपुर र भक्तपुरमा १/१ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै झापामा ९, कपिलवस्तुमा ४, सलार्ही २, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, लमजुङ, सिन्धुली र नवलपरासीमा १/१ गरी जम्मा २७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
आज २४ जना पुरुष र ३ जना महिलामा कोरोना पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये अहिलेसम्म ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना सङ्क्रमण देखिएको जिल्लाको सङ्ख्या ३८ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ ।
प्रतिकृया दिनुहोस्