Birendranagar Municipality

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा काम गर्ने डाक्टरमा भेटियाे कोरोना संक्रमण

सेरोफेरो
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा काम गर्ने डाक्टरमा भेटियाे कोरोना संक्रमण

७ जेठ, काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ ।

 

महाशाखा स्रोतका अनुसार केही दिनअघि कन्ट्याक्ट ट्रेसिङका क्रममा उनले कपिलवस्तु गएर जोखिममा रहेकाको स्वाब संकलन गरेका थिए ।

 

स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीमा ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख थियो । ललितपुरका संक्रमित इपिडिमियोलोजी तथा रोग नियन्त्रणमा महाशाखामा करारमा कार्यरत उक्त चिकित्सक रहेको पुष्टि भएको हो ।

२०७७ जेठ ७ बुधबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्