Birendranagar Municipality

'सेना बिनाको सेनापति, सदस्य बिनाको कमाण्डर'को हालतमा काम गर्नु परेको छ : मन्त्री भण्डारी

सेरोफेरो
'सेना बिनाको सेनापति, सदस्य बिनाको कमाण्डर'को हालतमा काम गर्नु परेको छ : मन्त्री भण्डारी

७ जेठ । प्रदेशको शान्ति सुरक्षा कायम गर्न आफ्नो सुरक्षा संरचना नहुँदा कठिनाई भएको कर्णाली सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताउनु भएको छ ।

 

संविधानले प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारले व्यवस्थापन गर्ने भनेपनि समायोजन प्रकृया पुरा नहुँदा केहि समस्या उत्पन्न भएको मन्त्री भण्डारीको भनाई छ । उहाँले भन्नुभयो 'सेना विनाको सेनापति, सदस्य बिनाको कमाण्डर जस्तो अवस्थामा काम गर्दा अलि अप्ठयारो हुदो रैछ । हामीले आदेश भन्दा अनुरोधबाट शान्ति सुरक्षा व्यवस्थापन गरिरहेका छौं ।'

 

कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकार दिनरात नभनी सक्रिय भएर लागेको मन्त्री भण्डारीले बताउनु भएको छ । सिमित स्रोत र साधानका बावजुत अलपत्र नागरिकहरुको उद्धार र व्यवस्थापनमा सरकार संघ र स्थानिय तहसंग समन्वय गरि अघि बढिरहेको मन्त्री भण्डारीले बताउनु भयो ।

 

लामो समयसम्म कोरोना रहित रहेको कर्णालीमा संक्रमण देखिनु दुखद् भएको र संक्रमणलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने उहाँको भनाई छ । भारतले रेल सेवा संचालन गरेको अवस्थामा संघ सरकारले सिमा क्षेत्रमा क्वारेन्टाईन निर्माण र व्यवस्था गर्ने, प्रदेशले प्रदेशको सिमा क्षेत्रमा र जिल्ला र स्थानिय तहले आफ्नो क्षेत्रमा व्यवस्थापन गर्दा सजिलो हुने बताउनु भयो ।

 

कुराकानीको पूर्णपाठ हेर्नुहोस् :

२०७७ जेठ ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्