Birendranagar Municipality

कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना, ११ को मृत्यु १९ घाइते

कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना, ११ को मृत्यु १९ घाइते

तस्विर : चक्र भण्डारी

सेरोफेरो
३१ जेठ, सुर्खेत ।  दैलेखको आठविस नगरपालिका ४ मा पर्ने नैनाल मन्दिर स्थित सडक खण्डमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।


कालिकोटको जितेगडाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक केदार रजौरेले जानकारी दिए । टायर चिप्लिएर दुर्घटना भएको जस्तो देखियता पनि दुर्घटनाको वास्तविक कारण पत्ता नलागेको उनले बताए ।

 

घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको रजौरेले बताए । उनका अनुसार दुर्घटनमा मृत्यु हुनेहरुको खनाखत भएको छैन । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रनाउ रजौरेले बताए ।

 

 

 

२०७४ जेठ ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्