७ जेठ, काठमाडौं । सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।
बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उक्त नक्सा सार्वजनिक गरेकी हुन् । आजैदेखि नेपालका सबै कार्यालयहरुमा नयाँ नक्साको प्रयोग सुरु भएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितका क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा पारित गरेको थियो । मंगलबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ५८ बर्षदेखि भारतको कब्जामा रहेको उक्त नेपाली भूमि फिर्ता ल्याउन सरकार लागिपर्ने बताएका थिए ।
सरकारले नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर भएको छ । यसअघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर मानिएको थियो ।
सन् २०१९ को अक्टोवरमा भारतले उक्त नेपाली भूमिमा दाबी गर्दै भारतको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।
प्रतिकृया दिनुहोस्