Birendranagar Municipality

नेपालमा २५ जना कोरोना संक्रमित थपिए, कुल संख्या ४२७ पुग्यो

सेरोफेरो
नेपालमा २५ जना कोरोना संक्रमित थपिए, कुल संख्या ४२७ पुग्यो

७ जेठ, काठमाडौं । नेपालमा बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ४ सय २७ पुगेको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु ३ देखि ४८ वर्ष उमेर समूहका छन् । जसमध्ये ७ महिला र १८ पुरुष छन् ।

 

संक्रमित हुनेमा कपिलवस्तुका ३ वर्षीय बालकसहित १३, बाँकेको नरैनापुर र खजुराका गरी ६ पुरुष र धनकुटाका ५ जना छन्। यस्तै नवलपरासी पश्चिममा क्वारेन्टाइनमा रहेका १ जनामा पनि संक्रमण देखिएको छ ।

 

हालसम्म नेपालमा ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४५ पुगेको छ भने कोरोना संक्रमण कारण अहिलेसम्म दुई जनाको निधन भएको छ।

२०७७ जेठ ७ बुधबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्