Birendranagar Municipality

भारतबाट आएका १२ सय जना एकै दिन भित्रिए कर्णाली

सेरोफेरो
भारतबाट आएका १२ सय जना एकै दिन भित्रिए कर्णाली

८ जेठ, सुर्खेत । भारतमा मजदुरी गर्न गएका १ हजार २ सय ७ जना बिहीबार कर्णाली प्रदेश भित्रिएका छन् । भारतका विभिन्न ठाउँबाट बुधबार राती उनीहरु बबई आईपुगेका हुन् ।

 

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका अनुसार उनीहरुमध्ये दैलेखका ५ सय, सुर्खेतका ३ सय २०, सल्यानका २ सय ६६, जाजरकोटका ७७ र कालीकोटका ४४ जना छन् ।

 

भारतबाट आउने क्रम जारी रहेको अवस्थामा उनीहरुलाई पहिलो चरणमा आरडिटी परीक्षण गरी सम्वन्धित जिल्लाको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्ने ब्यवस्था मिलाइएको मन्त्री भण्डारीले बताए ।

 

कोरोना परीक्षण गर्न बबइमा आवश्यक उपकरण र किट सहित १६ जना स्वास्थ्यकर्मी खटाइएको छ । आरडिटी रिपोर्ट पोजेटिभ आए सुर्खेतमै राखि उपचार गरिने मन्त्रालयले जनाएको छ ।


कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले भारतबाट आउने नागरिकहरुको सुरक्षा र अन्य आवश्यक कार्यका लागि आवश्यक संख्यामा प्रहरी परिचालन गरिएको बताए ।

२०७७ जेठ ८ बिहीबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्