Birendranagar Municipality

नेपालमा कोरोना संक्रमितको संख्या ४४४

सेरोफेरो
नेपालमा कोरोना संक्रमितको संख्या ४४४

८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबार बिहानसम्म ४४४ पुगेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

 

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित हुनेमा झापाका १५, सुनसरीका १ र धनकुटाका १ जना छन् ।

 

संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वाथ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

२०७७ जेठ ८ बिहीबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्