Birendranagar Municipality

कोरोनाका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु

सेरोफेरो
कोरोनाका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु

८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ३ जनाको मृत्यु भएको छ ।

 

बिहीबार मृत्यु हुने तेस्रो व्यक्ति रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

 

जेठ १ गते अस्पताल भर्ना भएका उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो ।


कोरोना संक्रमणको शंका लागेपछि जेठ २ गते उनको पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा पठाइएको थियो । सोमबार आएको रिपोर्ट अनुसार उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

 

गुल्मीकाे मदाने गाउँपालिका ६ का उनी कंके देउराली आधारभूत विद्यालयमा प्रधानाध्यापक थिए ।

 

प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिहिबार एक शोक वक्तव्य जारी गरी अनेकौं प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको जनाएका छन् ।

 

काेराेना भाइरसकाे संक्रमणका कारण प्रदेश ५ मा २ जनाकाे मृत्यु भएकाे छ । 

२०७७ जेठ ८ बिहीबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्