Birendranagar Municipality

नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो, नयाँ संक्रमित ९ जना

सेरोफेरो
नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो, नयाँ संक्रमित ९ जना

८ जेठ, काठमाडौं । बिहीबार बेलुका ९ जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५३ पुगेको छ । संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमण हुनेमा झापाको कचनकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविस्थित क्वारेन्टाइनमा रहेका ८ र रुपन्देहीका १ जना छन् ।

 

हालसम्म काेराेनाका कारण नेपालमा ३ जनाकाे मृत्यु भएकाे छ भने ४९ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

२०७७ जेठ ८ बिहीबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्