Birendranagar Municipality

कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउन अहोरात्र खटेका छौंः मन्त्री के.सी

सेरोफेरो सुर्खेत
कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउन अहोरात्र खटेका छौंः मन्त्री के.सी

९ जेठ । कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन अहोरात्र खटिरहेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला के.सीले जानकारी दिनुभएको छ । प्रदेशको करिब ८३ हजार हेक्टर बाँझो जग्गामा समेत खेती गर्ने गरी स्थानिय सरकार संग समन्वय भईरहेको मन्त्री के.सीको भनाई छ ।


कोरोना प्रभावको कारण प्रदेशमा भित्रियका युवाहरुलाई कृषिमा आक्रर्षित गराउनको लागी यस वर्षको नीति तथा कार्यक्रममा युवा लक्षित कार्यक्रम समावेश गरिने उहाँको भनाई छ । उहाँले भन्नुभयो, 'कर्णाली तरकारीमा आत्मनिर्भर भएको लकडाउन अवधिमा पुष्टि भएको छ, अव खाद्यबालीमा समेत आत्मनिर्भरता तर्फ सवै कर्णाली बासीले ध्यान दिन आवश्यक छ ।' यसमा सवै राजनितिक दल, सहकारी र नागरिक समाजले ध्यान दिन समेत मन्त्री के.सीले आग्रह गर्नुभयो । 

 

सरकारका प्रवक्ता रहनु भएकी मन्त्री के.सीले प्रदेश सरकारले जति काम गर्नुपर्ने हो त्यती गर्न नसकेको सुइकार गर्नुभयो  । उहाँले भन्नुभयो, 'प्रदेश सरकार निरिह हुनुपर्ने कुनै कारण छैन, संविधानले समेत प्रदेश सरकारका भुमिका, दायित्वहरु स्पष्ट गरेको छ, संविधान कार्यान्वय गर्न तीन वटा तहका सरकारहरुले आ-आफ्नो जिम्वेवारी पुरा गर्नुपर्छ।'

मन्त्री विमला के.सी संगको कुराकानी हेर्नुहोस् :

 

२०७७ जेठ ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्