Birendranagar Municipality

नेपालमा कोरोना संक्रमण बढ्दो, कुल ४८७ जना संक्रमित

सेरोफेरो
नेपालमा कोरोना संक्रमण बढ्दो, कुल ४८७ जना संक्रमित

९ जेठ, काठमाडौं । नेपालमा थप ३० जनामा संक्रमण पुष्टि भएसंगै शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनास्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जना संक्रमित थपिएका हुन् ।

 

मन्त्रालयका अनुसार नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो।

 

यस्तै नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ निवासी ३३ र ३५ वर्षीय पुरुष तथा १५ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ। भने कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका निवासी २४, २५, २७, २९,३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र ८ वर्षीय बालिकामा पनि कोरोना पुष्टि भएको छ।

 

यस्तै सर्लाहीको गोडैता नगरपालिकाको वडा नम्बर ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षीय पुरुष तथा १८ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

संक्रमित सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको मन्त्रलायले जनाएको छ ।

२०७७ जेठ ९ शुक्रबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्