तस्बिर : खगेन्द्र दाहाल
९ जेठ, खजुरा । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएका छन् । उनीहरु शुक्रबार नै अस्पतालबाट डिस्चार्ज भएका छन् ।
बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको हो ।
आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाका अनुसार आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । बाँकी ७ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. थापाले बताए ।
उक्त अस्पतालमा बाँके र बर्दियाका २८ जनाले उपचार गराइरहेका छन् ।
प्रतिकृया दिनुहोस्