Birendranagar Municipality

बुलबुले उद्यानभित्र अबैध रुपमा पसल सञ्चालन

नियम विपरित हो भन्ने थाहा हुँदा हुँदै पनि बुलबुले उद्यानका कर्मचारीले ६ वर्ष देखि पसलहरु सञ्चालन गर्दा सरोकारवालाले त्यस सम्बन्धमा कुनै सोधपुछ समेत गरेनन् ।
बुलबुले उद्यानभित्र अबैध रुपमा पसल सञ्चालन

सीता वली
३१ जेठ, सुर्खेत । बुलबुलेको टीकट काउन्टर अगाडी दुइवटा खुद्रा पसल र एउटा चिया तथा नास्ता पसल छन् । यी पसल त्यहाँकै कर्मचारी टेक प्रसाद तिवारी र हेमराज जैसीका हुन् । तिवारी र जैसीले ६ वर्ष देखि खुद्रा पसल गरिरहेका छन् भने जैसीकि श्रीमतिले नास्ता पसल समेत चलाइरहकि छन् ।

 

नियम अनुसार बुलबुले उद्यानभित्र यसरी व्यक्तिगत पसल तथा होटल सञ्चालन गर्नु गैरकानूनी हो । ‘औँलो दिँदा डुडुलो निल्ने’ भने झैं उद्यानको संरक्षणका लागि जिम्मेवार व्यक्तिले नै अबैधानिक रुपमा पसलहरु सञ्चालन गरेपछि उद्यानको सुन्दरतामा आँच आएको छ ।


बुलबुले उद्यान भित्रकै पसलबाट पर्यटकले गुट्का, चाउचाउ, विस्कुट लगाएतका खानेकुराहरु खरिद गर्ने गरेको एक कर्मचारीले बताए । जसका कारण उद्यान परिसर प्लाष्टिकमय बनेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको दक्षिण पुर्वमा पर्ने बुलबुले ताल करिब ३२ विगाह क्षेत्रफलमा अवस्थित छ ।


नगरको सरसफाई तथा संरक्षणको निम्ति २ जना स्थाई र ९ जना ज्यालादारी गरी ११ जना कर्मचारी कार्यरत छन् । केही कर्मचारी तथा उनका परिवारले पसल सञ्चालन गरेपछि अन्य कर्मचारी विचमा समस्या समेत उत्पन्न भएको छ । एक कर्मचारीले भने ‘कसैलाई ६ वर्ष देखि पसल गर्दा केही भन्दैन नगर विकासले । हामी १० जनाले एउटा–एउटा पसल राख्न पाइने कि नपाइने ?’


सुर्खेत उपत्यका नगर विकास समितीका अध्यक्ष नारायण कोइरालाले पसलहरु नगर विकासको अनुमतिमा सञ्चालन नभएको बताए । ‘गुरु योजनामा पसल राख्न मिल्ने छैन् । ति पसलहरु अब हटाइन्छ’ कोइरालाले सेरोफेरोसंग भने ।

 

1_1
हेमराज जैसीको खाजा घर र खुद्रा पसल

b

टेक प्रसाद तिवारीको पसल

 

२०७४ जेठ ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्