Birendranagar Municipality

कक्षा १ देखि संस्कृत पढाउनु संविधान विपरित

सेरोफेरो
कक्षा १ देखि संस्कृत पढाउनु संविधान विपरित

१० जेठ, काठमाडौं । विद्यालय शिक्षामा कक्षा १ देखि नै संस्कृत विषय पढाउनुले मातृभाषाहरुलाई कमजोर बनाउने सरोकारवालाले बताएका छन् ।


नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार आयोजना गरेको ‘बहुभाषिक नेपाल र संस्कृत भाषाको राजनीति’ विषयक भर्चुअल संवादमा सहभागी वक्ताहरुले मातृभाषाहरुलाई कमजोर बनाउने योजनासहित संस्कृत पठनपाठनलाई अघि सारिएको आरोप लगाएका हुन ।


कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक विश्वभक्त दुलाल आहुतिले हिन्दुकरणको निरन्तरता स्वरुप संस्कृतलाई कक्षा १ देखि नै पढाउने योजना बनेको भन्दै यसले सम्पूर्ण मातृभाषालाई संकटमा पार्ने घारणा प्रस्तुत गरे ।


नेपालमा संस्कृत विद्यालय, विश्व विद्यालय खोल्ने, संस्कृतलाई पाठ्क्रममा राख्ने भनेको नेपाली समाजलाई कुनै न कुनै रुपबाट हिन्दुकरणको प्रकृयामै निरन्तरता दिने आहुतिको भनाई छ ।


यस्तै शिक्षाकर्मी टीका भट्टराईले संविधानको मर्म विरपरित संस्कृत भाषालाई कक्षा १ देखि लागू गर्न खोजिएको बताए । 'संविधानले मातृभाषमा पढाउने मात्र नभएर यसलाई प्रयोग पनि गर्नुपर्ने उद्धेश्य राखेको भएपनि सरकारको ध्यान संस्कृतमा जानुले मातृभाषाप्रति अनुदार रहेको प्रष्ट हुन्छ', उनले भने– 'राज्यलाई संस्कृत भाषा संरक्षण गर्नु पर्छ भन्ने लागेकैै भए संस्कृत पठनपाठन तथा प्रयोगका अरु संरचना निर्माण गरिनुपर्छ ।'


भाषाविद् अमृत योन्जनका अनुसार संस्कृत मातृभाषा नरहेकाले कक्षा १ देखि नै पठनपाठन गराउनु संविधान विपरित हुन जान्छ ।


नेपालको संविधानले मातृभाषाहरुलाई विद्यालय तहमा पठनपाठन गर्न पाउने व्यवस्था गरेको छ ।

२०७७ जेठ १० शनिबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्