१० जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमण हुनेमा सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका ८–८ तथा बारा, चितवन र काठमाडौका एक–एक जना छन् ।
प्रतिकृया दिनुहोस्