१० जेठ । कर्णाली प्रदेशमा थप तीन जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । यस संगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४ पुगेको छ । संक्रमितहरुमा पुरुष २ र महिला एक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएको छ ।
देशभर कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमा कुल संक्रमित पुरुषको संख्या ५०५ र महिला ७९ रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
प्रदेश अनुसार प्रदेश नं. १ मा ८६, प्रदेश नं. २ मा १७२, बाग्मती प्रदेशमा ३२ , गण्डकी प्रदेशमा ५, प्रदेश नं. ५ मा २७१ , कर्णाली प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा १४ गरी ५८४ संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जम्मा संक्रमण जिल्ला ४० रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्