Birendranagar Municipality

मुस्लिम समुदायको महान पर्व ईद आज मनाईंदै

सेरोफेरो
मुस्लिम समुदायको महान पर्व ईद आज मनाईंदै

१२ जेठ, काठमाडौं । रमदान सकिएको खुसीयालीमा मुस्लिम समुदायले आज एकअर्कामा शुभकामना साटासाट गरी इद उल फित्र मनाउँदैछन् । ईदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

 

हिजरी संवत अनुसार रमदान महिनाभर ब्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।


ईदमा अल्लाहका नाममा विशेष नमाज गर्ने परम्परा छ । यस दिन इस्लाम धर्मगुरुले कुरान वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परा अनुसार इद मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइको खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

 

ईदका अवसरमा मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण यसपालि घरमै बसेर ईद मनाउन नेपाल मुस्लिम आयोगले आह्वान गरेको छ ।

२०७७ जेठ १२ सोमबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्