Birendranagar Municipality

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

सेरोफेरो सुर्खेत
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

१२ जेठ । कर्णाली प्रदेशमा थप ७ जनामा कोराना संक्रमित पुष्टि भएको छ । यस संगै कर्णाली प्रदेशमा ११ जना कोरोनाबाट संक्रमित भएका छन् । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका अनुसार दैलेखका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

जसमा नारायण नगरपालिका दैलेखका १५ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो । डुङ्गेश्वर गाउँपालिकाका २७ र २९ वर्षको पुरुष र २५ वर्षको महिलामा कोरोना संक्रमण देखिएको डा. तिवारीले जानकारी दिनुभयो । यसैगरी गुराँस गाउँपालिकाका २४ र ३५ वर्षका पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

भेरी अस्पताल नेपालगंज, प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सो पुष्टि भएको हो । यस अघि सुर्खेत दैलेखका ३ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको थियो । COrona update karnali

२०७७ जेठ १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्