१३ जेठ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।
सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका अनुसार मंगलवार वीरेन्द्रनगर नगरपालिका वडा नं १ मा एक जना, वडा नं. २ मा ४ पुरुष र १ महिला, वडा नं. ३ मा १ पुरुष र वडा नं. ६ मा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी सिम्ता गाउँपालिका वडा नं. ४ का २ जना पुरुष र भेरीगंगा नगरपालिका वडा नं. ८ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो ।
यस अघि नेपालगंज थप परिक्षणको लागि पठाउने गरिएकोमा सोमवार देखि प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट कोरोना परिक्षण र पुष्टि हुदै आएको छ । संक्रमितहरु सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको डा. तिवारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्