Birendranagar Municipality

“आफ्नो गाउँ आत्मनिर्भर बनाऔं” कर्णाली सरकारको बजेटको प्राथमिकताः मन्त्री ज्वाला (पूर्णपाठ)

सेरोफेरो
“आफ्नो गाउँ आत्मनिर्भर बनाऔं” कर्णाली सरकारको बजेटको प्राथमिकताः मन्त्री ज्वाला (पूर्णपाठ)

१३ जेठ । “आफ्नो गाउँ आत्मनिर्भर बनाऔं” कर्णाली सरकारको बजेटको प्राथमिकता रहेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनु भएको छ । सोमवार कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश विनियोजन विधेयक २०७७ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु प्रस्तुत गर्दै मन्त्री ज्वालाले आफ्नो गाउँ आत्मनिर्भर बनाऔं मुलमन्त्रका बजेट लक्षित हुने उहाँको भनाई छ ।

 

नेपाल सरकारको "समृद्ध नेपाल सुखी नेपाली"को दिर्घकालीन लक्ष्यलाई पुरा गर्न "समृद्ध कर्णाली, सुखारी कर्णालीबासी"को आकांक्षा पुरा गर्न बजेट केन्द्रित गरिने मन्त्री ज्वालाको भनाई छ । साथै सबै क्षेत्रको आवद्धता हुने गरी एकिकृत रुपमा मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका जीविकोपार्जन तथा उद्यमशिलता विकास हुने रोजगारमूलक कार्यक्रम संचालन गरिने उल्लेख छ ।

 

नागरिकलाई भोकमरीबाट बचाउन खाद्य आपूर्ति र श्रमको सम्मान गर्दै “खाद्यान्नका लागि श्रम सहितको रोजगारी” कार्यक्रम सञ्चालन गरिने मन्त्री ज्वालाको भनाई छ।

 

पूर्णपाठ हेर्नुहोस्:

२०७७ जेठ १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्