१३ जेठ । मंगलबार मात्र नेपालभर ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, प्रादेशिक प्रयोगशाला रुपन्देही, सेती प्रयोगशाला, प्रदेश अस्पताल सुर्खेत र पोखरामा गरिएको परीक्षणमा ९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मङ्गलबार कपिलवस्तुमा २६ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी रौतहटका २२, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५ र बाराका ३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
साथै महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २/२ जनामा तथा धनुषा, रुपन्देही, कैलाली र अछामका १/१ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालका ४६ जिल्लामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोना सङ्क्रमितमध्ये एक सय ५५ जना निको भएका छन् भने चार जनाको ज्यान गएको छ ।
प्रतिकृया दिनुहोस्