१४ जेठ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोनाको उच्च जोखिममा रहेको छ । बुधबार कर्णालीमा १५ जनामा संक्रमण देखिँदा वीरेन्द्रनगरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मंगलबार मात्र वीरेन्द्रनगरका ८ जनामा संक्रमण पुष्टि भएको थियो ।
यस संगै कणालीमा कुल संक्रमितको संख्या ३८ पुगेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो । वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ मा एक जना, वडा नं. ४ मा छ जना, वडा नं. ५ मा एक जना, वडा नं. ९ मा एक जना र वडा नं. ११ मा एक जना गरि १० जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी चौकुने गाउँपालिकामा ३ जना, बझाङ स्थाई ठेगाना भएका व्यक्ति एक र उमेर र ठेगाना उल्लेख नभएको एक जनामा गरि १५ जना नयाँ संक्रमित पुष्टि भएको डा. तिवारीले जानकारी दिनुभयो । संक्रमित सवैको प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट परिक्षण पश्चात कोरोना पुष्टि भएको हो।

प्रतिकृया दिनुहोस्