१५ जेठ, सुर्खेत । भारतको गुजरातबाट फर्कने क्रममा मङ्गलबार राति मृत्यु भएका सुर्खेतका एक युवकमा कोरोना नरहेको पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बुधबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ पाइएको हो ।
बबईबाट वीरेन्द्रनगर आउँदै गर्दा बान्ता गर्न थालेपछि उनलाई प्रदेश अस्पताल लगिएको थियो । कोरोना नदेखिएपछि अस्पतालले शव परीक्षण गरेर परिवारलाई बुझाउने डा.खड्काले बताए ।
आफन्तका अनुसार ती युवामा बाथ रोग सम्बन्धी समस्या थियो ।
प्रतिकृया दिनुहोस्