१५ जेठ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै ज्यान जानेको संख्या १ लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिड–१९ बाट १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या १६ लाख ९८ हजार बढी छ ।
विश्वभर हालसम्म ५६ लाख ८५ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । त्यसमध्ये कम्तिमा तीन लाख ५४ हजार ९८३ जनाको ज्यान गएको छ । विश्वभर संक्रमित भएका कुल मानिसमध्ये झण्डै ३० प्रतिशत अमेरिकामा छन् ।
प्रतिकृया दिनुहोस्