१५ जेठ, सुर्खेत । दैलेख जिल्लामा ८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहिबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा नारायण नगरपालिका १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।
यसअघि दैलेखको आठबीसकोट नपामा १ जना, डुंङ्गेश्वर गापामा ३ जना, नारायण नपामा २ र गुराँस गापामा २ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ भने बिहीबार बिहान ८८ जना नयाँ संक्रमित भेटिएका छन् ।

प्रतिकृया दिनुहोस्