१५ जेठ, काठमाडौं । सरकारले आर्थिक बर्ष २०७७ ०७८ को बजेट सार्वजनिक गरेको छ । संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिबार संसदमा १४ खर्ब, ७४ अर्ब, ६४ करोडको बजेट प्रस्तुत गरेका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण यस बर्षको बजेटको आकार गत बर्षको तुलनामा घटेको छ । कोरोना नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसंगै मुलुकमा आर्थिक गतिविधि ठप्प छ । सरकारले आर्थिक बर्ष २०७६ ०७७ मा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लखको बजेट ल्याएको थियो ।
नयाँ बजेटमा स्वास्थ्य क्षेत्रको खर्च बढाइएको छ भने पुनर्निर्माणको खर्च घटाइएको छ ।
बजेटका विशेषता
सबै सरकारी कर्मचारीको कोरोना विमा, कोरोनाविरुद्ध खटिनेबाहेकको भत्ता कटौती
पुनर्निर्माणको बजेट ६६ अर्बले घट्यो
शिक्षा क्षेत्रलाई १ खर्ब ७२ करोड
पूर्वाधारको बजेट २५ अर्बले घट्यो
सांसद विकास कोष अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रलाई ४ करोड मात्र
डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढ्यो
काठमाडौं तराई द्रुतमार्गको बजेट ८ अर्ब ९३ करोड
चीनतर्फका ७ बन्दरगाह प्राथमिकतामा
कृषि मन्त्रालयको बजेट ७ अर्ब बढ्यो
चार अन्तर्राष्टिय विमानस्थललाई ९९ अर्ब ४२ करोड
टोखा सुरुङ मार्ग बन्ने
हुलाकी सडकलाई ७ अर्ब १ करोड
१३ सय मेगावाट विजुली थपिने
मेलम्ची खानेपानीलाई साढे ५ अर्ब
स्वास्थ्यलाई गत बर्षभन्दा २१ अर्ब ९१ करोड बढी
सुरक्षाकर्मीको पोशाक र खाद्यान्न स्वदेशमै उत्पादन गरिने
विदेशमा अलपत्रलाई ल्याइने, ७५ हजारलाई सीप सिकाइने
आन्तरिक पर्यटन विकासका लागि राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई देश दर्शनमा पठाइने
बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने
आयात निरुत्साहित गरिने, निर्यातमुलक उद्योगलाई छुट सुविधा
पेय पदार्थको मापदण्ड तोकिने
मध्यपहाडी लोकमार्गलाई ८ अर्ब २७ करोड
रुग्ण उद्योग सञ्चालनमा निजी क्षेत्र भित्र्याइने
युरेनियम उत्पादनको सम्भाव्यता अध्ययन गरिने
प्रतिकृया दिनुहोस्