Birendranagar Municipality

सीमा विवादले मोदीको मुड ठीक छैनः ट्रम्प

सेरोफेरो
सीमा विवादले मोदीको मुड ठीक छैनः ट्रम्प

१६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका छन् ।

 

चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको कुरा पनि उनले दोहोर्‍याउंदै भनेका छन्, ‘दुवै देशलाई केही मद्दत चाहिन्छ भने म त्यसका लागि तयार छु ।’

 

चीनसँगको सीमा विवादबारे भारतका प्रधानमनत्रीसँग आफूले कुरा गरेको ट्रम्पले बताए । ओभलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनसँगको सीमा विवादको विषयलाई लिएर भारतका प्रधानमन्त्री मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका हुन् ।

 

‘मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेको थिएं । चीनसँग जे भइरहेको छ त्यसले उहाँको मुड ठीक छैन’, एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘यो विषयमा भारत खुशी छैन र शायद चीन पनि खुशी छैन ।’

 

गएको बुधबार ट्रम्पले ट्विटमार्फत चीन र भारतको सीमा विवाद समाधानका लागि आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए । यसबारे चीनले कुनै प्रतिक्रिया जनाएको छैन भने भारतले कुटनीतिक तवरबाट समाधान खोजिने बताएको छ ।

२०७७ जेठ १६ शुक्रबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्