१७ जेठ, सुर्खेत । दैलेखमा कोरोनाबाट शनिबार एकजनाको क्वारेन्टाइनमै मृत्यु भएको छ । यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
मृत्यु भएका उनी दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष हुन् । नगर प्रमुख घनश्याम भण्डारीका अनुसार तीन दिन अघिनै उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो ।
कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएका उनले बिहान चिया बिस्कुट खाएको भण्डारीले जानकारी दिए । उनीसहित ७९ जना १० दिनअघि भारतको गुजरातबाट फर्किएका थिए ।
नेपालमा हालसम्म १४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय १९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस्