Birendranagar Municipality

लकडाउन जेठ ३२ सम्म, आवश्यक परे सेना परिचालन गरिने

सेरोफेरो
लकडाउन जेठ ३२ सम्म, आवश्यक परे सेना परिचालन गरिने

 

१७ जेठ, काठमाडौं । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनलाई जेठ ३२ सम्म लम्ब्याउने निर्णय गरेको छ । सरकारले विज्ञहरुसंग परामर्श गरी लकडाउनको मोडालिटीमा भने केही हेरफेर गर्न सक्नेछ ।

 

मन्त्रिपरिषद बैठकले हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द गर्ने निर्णय गरेको छ ।

 

यस्तै बैठकले कोरोना संक्रमण फैलिएको ठाउँमा आवश्यकता अनुसार सेना परिचालन गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो । सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिषदले सेना परिचालन गर्ने निर्णय गरेको हो ।

 

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू गरेको छ । लकडाउनका कारण आर्थिक गतिविधि हुन पाएको छैन भने नागरिकहरु समस्यामा परेका छन् ।

२०७७ जेठ १७ शनिबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्