१८ जेठ । कर्णाली प्रदेशमा कोरोना संक्रमतिको संख्या १ सय २३ पुगेको छ । आईतबार मात्र दैलेख र कालिकोटका १८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार दैलेख नारायण नगरपालिकाका विभिन्न वडाका १७ जना र कालिकोट शुभकालिका गाउँपालिका वडा नं ५ का एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सवै पुरुष रहेको कँडेलले जानकारी दिनुभयो ।
शनिवार मात्र कर्णाली प्रदेशमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा एक जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्