१८ जेठ । बाजुरामा दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
बूढीगंगा नगरपालिका १ घर भएका बालिकाको आमामा समेत कोरोना संक्रमण देखिएको छ । आमाबुबासँगै ८ दिनअघि भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिएको जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताउनु भयो।
शनिबार बिहान बालिकासँगै आमाबुबाको स्वाब संकलन गरेर धनगढी पठाइएको थियो।
प्रतिकृया दिनुहोस्