Birendranagar Municipality

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुग्यो, प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित

सेरोफेरो
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुग्यो, प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित

१८ जेठ । आईतबार मात्रै थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा १६२ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस संगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

 

संक्रमितहरु मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको डा. विकास देवकोटाको भनाई छ । प्रादेशिक विवरण अनुसार सबैभन्दा धेरै संक्रमति प्रदेश २ मा छन् भने कम संक्रमित गण्डकी प्रदेशमा छन् ।

 

प्रदेश अन्तर्गत प्रदेश १ मा १६५ जना, प्रदेश २ मा ६२४, बाग्मती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २३ जना, प्रदेश ५ मा ५६० जना, कर्णाली प्रदेशमा १२३ र सुदुरपश्चिम प्रदेशमा २७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

देशभर संक्रमितहरु निको हुने दर समेत बढेको छ । आईतबार सम्म २२० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । देशभर १ लाख १९ हजार १९२ जना क्वारेन्टाईनमा बसेको डा. देवकोटाले जानकारी दिनुभयो ।

२०७७ जेठ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्