Birendranagar Municipality

तिब्र गतिमा फैलिंदैछ कर्णालीमा कोरोना संक्रमण

सेरोफेरो
तिब्र गतिमा फैलिंदैछ कर्णालीमा कोरोना संक्रमण

१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमण तिब्र गतिमा बढेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

नयाँ संक्रमण हुनेमा दैलेखका ४९, सल्यानका १९, सुर्खेतका २२ र जुम्लाका जुम्ला १९ जना रहेका छन् ।

 

प्रदेशभर हालसम्म ७ हजार १ सय ६५ पिसिआर परीक्षण गर्दा २ सय ३३ जनाको रिपोर्ट पोजेटिभ छ भने १३ हजार ८ सय ५८ जनाको आरडिटी गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ छ ।

 

हालसम्म डोल्पा, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा कोरोना संक्रमित भेटिएका छैनन् भने मुगुमा १, जुम्लामा १९, कालिकोटमा १८, दैलेखमा ९८, सल्यानमा ४४ र सुर्खेतमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

कर्णाली प्रदेशमा भारतबाट आउनेको संख्या धेरै छ । यहाँ रहेका क्वारेन्टाइनहरुको राम्रोसंग व्यवस्थापन हुन सकेको छैन भने किटको अभावमा शंकास्पदको परीक्षणसमेत हुन सकेको छैन ।

२०७७ जेठ १९ सोमबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्