२२ जेठ, सुर्खेत । दैलेखमा एकै दिन १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतमा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ संक्रमण हुनेमा दैलेख नारायण नगरपालिकाका १ सय ८ जना र नौमुले गाउँपालिकाका ५ जना रहेका छन् भने मुगुका १ जना संक्रमित खत्याड गाउँपालिकाका हुन् ।
प्रतिकृया दिनुहोस्