२२ जेठ, काठमाडौं । पाल्पास्थित मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका व्यक्तिमा कोरोना रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार यसको पुष्टि गरेको हो।
पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय उक्त पुरुषको ३ दिन अघि अस्पतालमै मृत्यु भएको थियो । पूर्वखोला २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल लगिएको थियो ।
उनको मृत्यु भएपश्चात् स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।
प्रतिकृया दिनुहोस्