Birendranagar Municipality

राष्ट्रिय सभा अध्यक्षद्वारा चैत्र मसान्त सम्म कुनै भत्ता नलिने घोषणा

सेरोफेरो
राष्ट्रिय सभा अध्यक्षद्वारा चैत्र मसान्त सम्म कुनै भत्ता नलिने घोषणा

२२ जेठ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै पनि भत्ता नलिने घोषणा गर्नुभएको छ ।

 

अध्यक्ष तिमिल्सिनाले २०७७ जेठ २२ गते देखि २०७७ चैत्र मसान्तसम्म संघीय संसद, राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा समेत कुनै पनि भक्ता नलिने घोषणा गर्नुभएको हो ।

 

एक विज्ञप्ति जारी गदै अध्यक्ष तिमिल्सिनाले यतिबेला मुलुक कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लडिरहेको सन्दर्भमा सार्वजनिक खर्चमा मितव्ययीता ल्याउनको लागि भक्ता नलिने घोषणा गरेको बताउनु भएको छ । साथै उक्त भत्ताहरु नेपाल सरकारको राजस्व खातामा जम्मा गरिदिन संघीय संसद सचिवालय, सिंहदरवारलाई अनुरोध गर्नुभएको छ ।

भत्ता नलिने सम्बन्धमा

२०७७ जेठ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्