Birendranagar Municipality

विदेशमा रहेका नेपाली ल्याउन शुरु

सेरोफेरो

२३ जेठ, काठमाडौं । सरकारले विदेशमा रहेका र घर फर्कन इच्छुकलाई स्वदेश ल्याउन शुरु गरेको छ । सोही क्रममा शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली यात्रु लिएर आएका म्यानमार सेनाको २ वटा विमान काठमाडौं ओर्लेको छ ।

 

त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई नेपाली सेनाले सिधै होल्डिङ सेन्टरमा लगेको छ । उनीहरुमध्ये प्रदेश १ घर भएका एकजनालाई भक्तपुर र अरु सबैलाई बसुन्धरास्थित होल्डिङ सेन्टरमा राखिएको छ ।

 

केही घण्टा आरामपछि उनीहरुलाई सेनाको टोलीले नै घर पुर्‍याउनेछ । म्यानमारमै पिसिआर परीक्षण भएकोले उनीहरु सबैलाई होम क्वारेन्टीनमा बस्ने सुविधा दिइएको छ ।

 

म्यानमारबाट आएका उक्त विमानले नेपालमा रहेका ४३ जना म्यानमार नागरिकलाई लिएर आजै फर्कंदैछन् ।

 

शुक्रबारै यूएईबाट पनि १ सय ६८ जनालाई नेपाल ल्याउने तयारी गरिएको छ ।

२०७७ जेठ २३ शुक्रबार मा प्रकाशित

प्रतिकृया दिनुहोस्